नियम ६६
परामर्श सेवाको लागत अनुमान
(१) सम्बन्धित स्थानीय निकायले परामर्श सेवाको
लागत अनुमान सम्बन्धी नम्र्स तयार गर्न सक्नेछ ।
(२) परामर्श सेवाको लागत अनुमान तयार गर्दा नियम ६३ को अधीनमा रही
देहायका आधार बमोजिम तयार गर्नु पर्नेछ ः–
(क) उपनियम (१) बमोजिमको नम्र्स भए त्यस्तो नम्र्स,
(ख) सम्बन्धित परामर्श सेवाको कार्यक्षेत्रगत शर्त ।
(३) सम्बन्धित स्थानीय निकाय वा अन्य सार्वजनिक निकायले चालू वा अघिल्ला
वर्षहरुमा सोही प्रकृतिको खरिद गर्दा लागेको वास्तविक लागतमा मूल्य वृद्धि भएको
भए सो समेत समायोजन गरी लागत अनुमान तयार गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको लागत अनुमान तयार गर्दा देहायका खर्चहरु
खुलाउनु पर्नेछ ः–
(क) मुख्य जनशक्ति एवं अन्य जनशक्तिको पारिश्रमिक,
(ख) भ्रमण खर्च, जनशक्तिको बसोबास खर्च, कार्यालय खर्च, आवश्यक
मालसामान, उपकरण र सेवा खर्च, प्रतिवेदन र अन्य कागजातको
अनुवाद सम्बन्धी खर्च र छपाई खर्च,
(ग) परामर्शदाताले तालिम, गोष्ठी वा भ्रमणको व्यवस्था गर्नु पर्ने भए
त्यस्तो कामको लागि लाग्ने खर्च र अन्य खर्च ।